खेल

ह्याण्डबलः मधेस प्रदेशका दुवै टोली पराजित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला तर्फको ह्याण्डबल प्रतिष्पर्धामा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ११–७ गोलको अन्तरले पराजित गरेको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजित प्रतियोगिताको पहिलो खेलमा कर्णालीले प्रतिष्पर्धात्मक जित निकाल्ने क्रममा अञ्जली शाही र संगीता सिंहले समान ५/५ गोलको योगदान गरे। पुरुष तर्फको ह्याण्डबल प्रतिष्पर्धामा वागमतीले मधेस प्रदेशलाई २१–१३ स्कोरले पराजित गर्‍यो। सोनाम राकेश शेर्पाले वागमताीका लागि सर्वाधिक ५ गोल गरेका थिए।  

प्रकाशित: २५ आश्विन २०७९ १२:४० मंगलबार

नवौं राष्ट्रिय खेलकुद