खेल

पीजेसीएलमा सहभागी हुन क्रिकेटर कुशल पाकिस्तान प्रस्थान

राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल)मा सहभागी हुन पाकिस्तान प्रस्थान गरेका छन्। बिहीबार पीजेसीएलमा सहभागी हुन मल्ल पाकिस्तान प्रस्थान गरेका हुन्। 

कुशललाई पीजेसीएलको ड्राफ्टबाट ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो। कुशल आबद्द शार्कको पहिलो खेल ८ अक्टोबरमा रावलपिण्डी राईडर्ससँग रहेको छ।

लिगमा विश्वका यू १९ टिमका खेलाडीले खेल्ने छन्। पीजेसीएल ६ अक्टोबर देखि २१ अक्टोबरसम्म हुनेछ। प्रतियोगितामा कुल १९ खेल हुनेछ। यस लिगको फाइनल खेल २१ अक्टोबरमा रहेको छ। लिगका सम्पूर्ण खेल लाहोरमा हुनेछ।

प्रकाशित: १३ आश्विन २०७९ ११:४८ बिहीबार

राष्ट्रिय क्रिकेट टिम पाकिस्तान जुनियर क्रिकेट लिग