खेल

पहिलो हाफमा अञ्जनले ह्याट्रिक गर्दा नेपाललाई अग्रता

फाइल तस्बिर।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत बंगलादेशविरुद्धको पहिलो हाफमा नेपालले ३–० को अग्रता बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा अञ्जन विष्टको ह्याट्रिकमा नेपालले अग्रता हासिल गरेकाे हो। खेलको १८औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाए।

पुन २७औं मिनेटमा अग्रता  दोब्बर पारे। यस्तै, ३८औं मिनेटमा अञ्जनले ह्याट्रिक गर्दै नेपाललाई ३–० को अग्रता दिलाए। खेलमा ह्याट्रिक गरेका अञ्जनको यो १०औं अन्तर्राष्ट्रिय गोल हो। 

प्रकाशित: ११ आश्विन २०७९ १२:४० मंगलबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नेपाल बंगलादेश क्यापिटल अञ्जन विष्ट