खेल

ब्याडमिन्टन टोली गोहाटी जाने

भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टन एसिया दक्षिण एसियन जुनियर रिजनल च्याम्पियनसिपमा आठ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

आगामी सेप्टेम्बर २६ देखि ३० सम्म गोहाटी उक्त च्याम्पियनसिपमा आयोजना हुँदै छ। त्यसका लागि नेपाली टोली शुक्रबार नै त्यसतर्फ प्रस्थान गरिसकेको छ। शुक्रबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले उक्त टोलीलाई बिदाइ गरेका थिए।

नेपाल ब्याडमिन्टन संघका सदस्य छविलाल शाहीको नेतृत्वमा नेपाली टोली भारतमा जाँदै छ। खेलाडीहरूमा डेभिड थापामगर, सुरज गुप्ता, कविर केसी, साहिल चन्द, रोज पाण्डे, सानिया चन्द, रोजी राई र रिहाना शेरचन छन्।

नेपाली टोलीले यु–१५ र यु–१७ मा महिला तथा पुरष एकल र युगल, मिक्स युगल र मिक्स टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्ने संघका सचिव नवीनविक्रम शाहले जानकारी दिए।

प्रकाशित: ८ आश्विन २०७९ ०१:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App