खेल

मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली आज नेपाल आउदै

बंगलादेशको राष्ट्रिय फुटबल टोली नेपालसँगको मैत्रीपूर्ण खेल खेल्न आज शुक्रबार नेपाल आईपुग्ने भएका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशको टोली शुक्रबार राति नेपाल आउने जनाएको छ। 

बंगलादेशको टोली राति ९ः१५ बजे नेपाल आईपुग्ने छन्।

नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल हुनेछ।

खेलका लागि एन्फाले साधारणतर्फको टिकट ५०० र भिआइपी टिकट एक हजार तोकेको छ ।

प्रकाशित: ७ आश्विन २०७९ ०७:३५ शुक्रबार

बंगलादेश नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल नेपाल