खेल

राष्ट्रिय टोली र शीर्ष डिभिजन लिग खेल्ने ४ खेलाडी विदेश पलाएन

नेपालमा पछिल्लो समय फुटबल खेलाडी विदेशिने क्रमशः बढ्दै गएको छ। यो वर्ष धेरै खेलाडी आफ्नो सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया पलायन भइरहेका छन्। यस्तैमा नेपाली राष्ट्रिय फुटबल टोलीका एक तथा शीर्ष डिभिजन खेल्न तीन गरी कुल चार खेलाडी अस्ट्रेलिया प्रस्थान गरेका छन्।

राजन गुरुङ, रवि थिङ, अमिर श्रेष्ठ र रुमेश बर्तौला बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका हुन्।एपिएफका रक्षक राजन गुरुङले गत वर्ष भारतविरुद्धको मैत्रीपूर्ण खेलसँगै नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। अर्को खेलाडी एपिएफका रवी थिङले पनि एपिएफबाटै गत वर्षको शीर्ष लिग खेलेका थिए। यु–२३ टोलीका पूर्व खेलाडी अमिर श्रेष्ठ जावलाखेल युथ क्लब र मनाङसहित च्यासलबाट व्यवसायिक फुटबल खेलेका थिए। यु–१८ तथा यु–२३ टोलीका रुमेश बर्तोला पनि गत सिजन च्यासलबाट 'ए' डिभिजन लिग खेलेका थिए।

यसअघि राष्ट्रिय टोलीका आशिष लामा, सुमन लामा, एलन न्यौपाने र हेमन गुरुङ पनि अस्ट्रेलिया गएका थिए। त्यस्तै, न्युरोड टिम एनआरटीबाट व्यावसायिक फुटबल खेलिरहेका गोलरक्षक अजित प्रजापति पनि यही वर्ष अस्ट्रेलिया पलायन भएका थिए।

प्रकाशित: ७ आश्विन २०७९ ०७:१६ शुक्रबार

नेपाली राष्ट्रिय फुटबल टोली रुमेश बर्तोला