खेल

बंगलादेशविरुद्धकाे खेलमा सुनिल बल र नवयुग श्रेष्ठ टिममा नरहने

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।  

बिहीबार पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय टोलीको घोषणा गरेको नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बताए।

हुमागाईले ४ गोलकिपर टोलीमा राखेका छन्। उनले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम टोली घोषणा गरेका हुन्। 

सुनिल बल र नवयुग श्रेष्ठ टिमबाट बाहिरिएका छन्। प्रशिक्षक हुमागाईले सुनिल चोटका कारण र नवयुगमा केहि कमीकमजोरी रहेको कारण टोलीमा नपरेको बताए।

उनले यू–२० टोलीका कप्तान आयुष घलानलाई समेत टोलीमा राखेका छैनन्। ऋतिक खड्का र आशिष चौधरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ।

नेपाली टिमः

गोलकिपरः किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकाश तामाङ, दीनेश राजवंशी, विकाश खवास, सुमन अर्याल, रञ्जित धिमाल

मिडफिल्डरः सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजजिउ ठकुरी, एरिक विष्ट,

फरवार्डः विमल घर्तिमगर, अञ्जन विष्ट, ऋतिक खड्का, मनिष डांगी, आशिष चौधरी

प्रकाशित: ६ आश्विन २०७९ १२:०६ बिहीबार

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल नेपाली राष्ट्रिय फुटबल टिम