खेल

महिला राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले दिए राजीनामा

राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामा दिएका छन्। साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भएपछि उनले आजै (सोमबार) देखि लागु हुने जिम्मेवारी छाडेको घोषणा गरेका हुन्।

'आजैको दिनदेखि म यो टिम छोड्छु।' कुमारले पत्रकार सम्मेलनमा भने, 'मैले जुन लक्ष्य राखेको थिए। त्यो पुरा गर्न सकिन। अहिलेनै पद त्यागको घोषणा गर्छु। अरुलाई पनि मौका दिनुपर्छ। टिममा बसिरहनु राम्रो होइन। म बस्दा पनि बस्दिन,'

यसअघि सन् २०१६ मा पनि महिला टिमको प्रशिक्षक रहेका थापालाई साफ च्याम्पियनसिपकै लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षकको जिम्मेवारी दिएको थियो।

प्रकाशित: ३ आश्विन २०७९ १४:२७ सोमबार

राष्ट्रिय महिला फुटबल टिम कुमार थापा