खेल

बंगलादेश महिला साफको नयाँ च्याम्पियन

साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि बङ्लादेशले जितेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बङ्लादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।

खेलको मध्यान्तरसम्म नेपाल बङ्लादेशसँग २–० गोल ले पछाडि परेको थियो भने खेलको दोस्रो हाफमा बङ्लादेश र नेपालले एक/एक गोल गरे। बङ्लादेशका लागि सामसुनाहरले खेलको १३औँ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१औँ मिनेटमा गोल गरिन्। तेस्तै खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन्।

खेलको ७६औँ मिनेटमा बङ्लादेशकी श्रीमोतीले व्यक्तिगत दोस्रो गोल गर्दै बङ्लादेशलाई ३–१ को जीत दिलाइन्। यस हारसँगै नेपाल प्रतियोगितामा दोस्रो भएको छ।

प्रकाशित: ३ आश्विन २०७९ १३:१० सोमबार

महिला साफ च्याम्पियनसिप