खेल

चितवन गोल्डकप फुटबलमा सिमरा विजयी

चितवनमा जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा नव जनजागृति युवा क्लब सिमरा विजयी भएको छ। आज (आइतबार) साँझ नारायणगढको क्याम्पाचौरमा समपन्न भएको खेलमा मकवानपुर ११ लाई ३–१ ले पराजित गरेको हो।  

सिमरालाई सहज जितका लागि विवेक चौधरीले खेलको १७ औँ र २४ औँ मिनेटमा दुई गोल गरे। पहिलो हाफमा सिमरा २–०ले अगाडि थियो।  मकवानपुरले पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्‍यो। ४७ औं मिनेटमा सुजनले गोल गर्दै मकवानपुरले अन्तर घटायो।  दोस्रो हाफमा मकवानपुरले थप केही अवसर सृजना गरे पनि सदुपयोग गर्न सकेन। ७० औं मिनेटमा सिमराका सृजनले गोल गर्दै जित सुनिश्चित गरे। दुई गोल गर्ने सिमराका विवेक म्यान अफ दि म्याच चुनिए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।  

गोल्डकपमा सोमबार मनाङ एफसी र बागमती नगरपालिका सर्लाही भिड्नेछन्। खेल दिउँसो ४ बजे हुनेछ। भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ।

प्रकाशित: २६ भाद्र २०७९ १४:१८ आइतबार

चितवन गोल्डकप