खेल

प्राप्ति बतास सम्मानित

नेपाल राष्ट्रिय मुवाँथाई संघको तेस्रो साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ।

भक्तपुरको नगरकोटमा आयोजित तेस्रो साधारणसभाका अवसरमा मलेसियामा गत महिना सम्पन्न युथ गेम्समा पदक विजेता मुवाँथाई खेलाडी प्राप्ति बतासलाई सम्मान गरेको छ। सो प्रतिस्पर्धामा उनी ग्लाड स्लाममा रजत र युथ गेम्समा कांस्य पदक विजेता बनेकी थिइन्। उनलाई बाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, बाग्मती खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी र नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले सम्मानपत्र र खादा लगाएर सम्मान गरे।

उक्त साधारण सभाले प्रादेशिक संरचनाको खेलकुद नीति अवलम्बन गर्दै विभिन्न प्रदेशका संयोजक तोकेको छ। मुवाथाई संघले प्रदेश-१ मा भूपेश शाक्य, मधेश प्रदेशमा सन्तोष घलान, बाग्मती प्रदेशमा मनीष लिभी र सदस्यमा राहुल मोक्तान, गण्डकी प्रदेशमा निलम अधिकारी, लुम्बिनी प्रदेशमा साजन माली, कर्णाली प्रदेशमा राजेश महर्जन र सुदूरपश्चिम प्रदेशमा उमेशकुमार खड्कालाई संयोजकको जिम्मेवारी दिएको छ। 

प्रकाशित: २६ भाद्र २०७९ ०१:२७ आइतबार

प्राप्ति बतास सम्मानित नेपाल राष्ट्रिय मुवाँथाई संघ