खेल

राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट सन्दीप लामिछाने निलम्बित

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको छ।

नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेपछि बसेको क्यानको बैठकले उनलाई निलम्बन गरेको हो।

जिल्ला अदालत काठमाडौँले बिहीबार बलात्कार आरोपित लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई निलम्बन गरिएको हो। गत मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

२०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले उनलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो।

प्रकाशित: २३ भाद्र २०७९ १३:५९ बिहीबार

क्रिकेटर सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने