खेल

यु-१५ महिला टिमको मुख्य प्रशिक्षकमा भगवती रानामगर

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१५ महिला साफ च्याम्पियनसिपका लागि भगवती रानामगरलाई राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त गरेको छ।

बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपका लागि एन्फाले भगवतीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। रानाले पहिलो पटक उमेर समूहको प्रशिक्षककाे जिम्मेवारी लिएकी हुन्।

यस्तै, सहायक प्रशिक्षकको जिम्मेवारी मंगल महर्जनले पाएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार एन्फाका महासचिव किरण राईले उनीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरे। यु-१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि १२ सम्म ढाकामा हुँदैछ।

प्रकाशित: २३ भाद्र २०७९ ०९:५० बिहीबार

अखिल नेपाल फुटबल संघ (एन्फा) भगवती रानामगर राष्ट्रिय टिम