खेल

कालिकोटमा प्रदेश स्तरिय खेलाडी छनोट सुरु

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरिय महिला,पुरुष भलिबल खेलको छनोट कालिकोटमा सुरु भएको छ। 

राष्ट्रिय खेलकुदमा भलिबल खेलका लागि उत्कृष्ट खेलीडी छनोट गर्ने उदेश्यले कालिकोटमा पहिलो पटक प्रदेश स्तरिय भलिबल प्रतियोगिता सुरु गरिएको हो। खेल छनोट मंगलबार देखि बिहीबार सम्म हुने छ। 

रुकुम र जुम्ला बिच भएको पहिलो खेलमा रुकुम प्रश्चिले जितेको छ,भने त्यसपछि कालिकोट र सुर्खेत बिच भएको खेलमा सुर्खेतले जित हात पारेको छ।  

आज भएको खेलमा भने,सल्यान र मुगु बिचको खेलमा सल्यानले जित हात पारेको छ। भने,डोल्पा र हुम्ला बिचको खेलमा डोल्पाले जित हात पारेको छ।

वाँकी खेल  चलिरहेको राष्ट्रिय खेलाडी तथा खेल प्रशिक्षक जिवन शाहीले जानकारी दिए। उनले भने ‘कर्णालीका  दश वटै जिल्लाबाट महिला,पुरुष भलिबल खेलाडि छनोटको लागि कालिकोट पुगिसकेका छन्। छनोट जारी छ।’ 

प्रकाशित: २२ भाद्र २०७९ ०४:१९ बुधबार

महिला पुरुष भलिबल खेलको छनोट