खेल

स्कोलर्स होम क्वार्टरफाइनलमा

‘म्यान अफ द म्याच’ को पुरस्कार ग्रहण गर्दै लायल्टीका निङ्मा शेर्पा (बीच) । तस्बिर: नागरिक

स्कोलर्स होमले चौथो केभिकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजततर्फ आइतबार क्वार्टरफाइनलमा स्थान बनाएको छ।  

एलेन छन्त्यालको १५ अंक प्रेरणामा स्कोलर्स होमले संस्कृतिलाई ३७–३४ ले पराजित गर्‍यो। सोही स्पर्धामा एञ्जल्स हार्टले एचएचसिएलाई ३८–३७, लोयल्टीले तिरूपतिलाई ४९–२६, रेडिअन्टले प्राण्जलीलाई ३८–१७, रिलायन्सले एपेक्स लाइफलाई ३९–२२ र भ्याली पब्लिकले लक्ष्मीपुरलाई ३२–२२ ले हराए।

एचएचसिएका रिजन गुरुङले २४, लोयल्टीका निङ्मा शेर्पाले २४, रेडिअन्टका सागर लामिछानेले १४, रिलायन्सका कुन्साङ शेर्पाले १२ र भ्याली पब्लिकका इश्वर घलेले आठ स्कोर गरे।

सिनियर ब्वाइजकै अन्य प्रतिस्पर्धामा किङ्डमले विन्डी हाउसलाई ६४–३९ तथा ग्रिनल्यान्डले फ्लोरोसेन्टलाई ५६–२३ को फराकिलो अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। किङडमका विष्णु तामाङले १२ अंक जोडे।

प्रकाशित: २० भाद्र २०७९ ०२:०० सोमबार

स्कोलर्स होमले चौथो केभिकेएसएस