खेल

महिला साफ प्रतियाेगिता खेल्न बंगलादेश नेपाल आइपुग्याे

साफ महिला च्याम्पियनसिप खेल्नका लागि बंगलादेशकाे टिम नेपाल आइपुगेको छ। बंगालदेशी महिला टिम आज (शनिबार) नेपाल आइपुगेको हो।

त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भदौ २१ गतेदेखि साफ महिला च्याम्पियनसिप सुरु हुँदै छ। 

बंगलादेशले पहिलो खेल माल्दिभ्सविरुद्ध खेल्ने छ। त्यसैगरी भदौ २५ मा पाकिस्तान र २८ मा भारतसँग खेल्ने तालिका रहेको छ। समूह ‘ए’ मा बंगलादेशसहित  भारत, पाकिस्तान र माल्दिभ्स छन्।

प्रकाशित: १८ भाद्र २०७९ ०७:४२ शनिबार

बंगलादेश साफ महिला च्याम्पियनसिप