खेल

प्रधानमन्त्रीले उचाले आईसीसी टी–२० विश्वकप क्रिकेट ट्रफी

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बालुवाटारस्थीत आफ्नै निवासमा आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफीलाई उचालेका छन्।

राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दास, महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितका केही पदाधिकारी, ट्रफी टुरमा आएका अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधि ट्रफीसहित प्रधानमन्त्री निवास पुगेका थिए।

प्रधानमन्त्री देउवाले ट्रफी र क्रिकेटरसँग तस्बिर खिच्दै ट्रफी समेत उचालेर अवलोकन पनि गरेका थिए। यसअघि ट्रफीलाई  चन्द्रागिरी हिल्स पुर्‍याइएको थियो।

प्रकाशित: १५ भाद्र २०७९ १२:५३ बुधबार

प्रधानमन्त्री शेरबहादुर देउवा