खेल

केन्याविरुद्ध नेपाल विजयी

केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले दोस्रो जित निकालेको छ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो।

केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए। यस्तै डेब्यु खेलाडी अर्जुन साउँदले ३५ रन, रोहित पौडेलले २९ रन, पवन सर्राफले २० रन बनाए। आदील अन्सारीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले ६ रन बनाए।

केन्याका भिराज पटेल र युगिनी ओचिङले २र२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो।

केन्याका लागि रकिप पटेल पटेलले अविजित ७३ रन बनाए। उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका इरफान करिम ५५ रनमा अविजित रहे। कोलिन्स ओबुयाले १८ रन बनाए भने सुखदिप सिंहले ८ रन जोडे।

नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १-१ विकेट लिए।

यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २-१ को अग्रता बनाएको छ।

प्रकाशित: १२ भाद्र २०७९ १३:२० आइतबार

टी-ट्वान्टी अन्तराष्ट्रिय