खेल

नेपाललाई सातौँ सफलता,दीपेन्द्रले लिए ३ विकेट

केन्यासँगको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ। 

जारी खेलमा केन्याले ७ विकेट गुमाएको छ। दीपेन्द्र सिंहले १६ औँ ओभरमा एक र १८ औँ ओभरमा २ विकेट लिएका छन्।  खेलको ११ औँ ओभरको तेश्रो बलमा कप्तान सन्दिप लामिछानेले विकेट लिए। खेलको दशौं ओभरको अन्तिम बलमा पवन सरार्फले विकेट लिए। दोश्रो ओभरको पहिलो बलमै करन केसीले पहिलो विकेट लिए। यस्तै उनले चौथो ओभरमा दोश्रो विकेट लिए।  

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर घरेलु टोली केन्यालाई ब्याटिङ निम्तो दिएको हो। बिहीबार सम्पन्न पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो। नेपालले केन्यासँग ५ टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेल्नेछन्। 

प्रकाशित: १० भाद्र २०७९ ११:२८ शुक्रबार

टी-ट्वान्टी क्रिकेट