खेल

साफ महिला च्याम्पियनसिप प्रतियोगिता खेल्न भुटानी टाेली नेपालमा

साफ महिला च्याम्पियनसिप खेल्न भुटानको राष्ट्रिय महिला टिम आज बिहान नेपाल आईपुगेको छ।  दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप प्रतियोगिता खेल्न भुटानी टिम १२ दिन अगी नै नेपाल आइपुगेको हो।  

अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र नेपाली राष्ट्रिय महिला टिमका पूर्व खेलाडीलगायतले बिहान करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भुटानी टिमलाई स्वागत गरे।

साफ महिला च्याम्पियनसिपको छैठौं संस्करण भदौ २१ गतेदेखि दशरथ रंगशालामा सुरु हुँदैछ।

नेपालको वातावरणसँग अनुकुल हुनका लागि भुटान झण्डै दुई साताअघि नेपाल आएको हो। साफमा नेपाल र भुटान एउटै समूहमा छन् । नेपालले २१ गते भुटानसँगै उद्घाटन खेल खेल्नेछ।

प्रकाशित: ९ भाद्र २०७९ ०८:३९ बिहीबार

अखिल नेपाल फुटबल संघ (एन्फा) साफ महिला च्याम्पियनसिप