खेल

अन्तर स्कुल बास्केटवल प्रतियोगिता सुरु

भक्तपुरको व्यासीस्थित एभरेष्ट इंग्लिश स्कुलको आयोजनामा छैठौं एभरेष्ट अन्तर स्कुल बास्केटवल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उदघाटन गर्दै आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले फ्रेण्डशिप पहिलो र प्रतियोगिता दोश्रो भन्ने भावनाका साथ प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको बताए।

प्रिन्सिपल राजभण्डारीका अनुसार सिनियर व्याइज, जुनियर व्याइज र गल्र्स गरी तीन वटा क्याटागोरीमा प्रतियोगिता हुनेछन्। प्रतियोगितामा काठमाडौँ उपत्यकाका २१ वटा स्कुलहरुबाट सहभागी भएका छन्। प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण भदौ ८ गते हुने जनाइएको छ।

प्रकाशित: २ भाद्र २०७९ १४:११ बिहीबार

एभरेष्ट इंग्लिश स्कुल बास्केटवल प्रतियोगिता