खेल

सावित्राले गरिन् केरलाविरुद्ध ५ गोल

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले केरलाविरुद्ध ५ गोल गरेकी छन्। उनले भारतमा भइरहेको केरला महिला लिग फुटबलको पहिलो खेलमा केरलाविरुद्ध ५ गोल गरेकी हुन्।

बुधबारदेखि सुरु भएको केरला महिला फुटबल लिगको पहिलो खेलमा सावित्राले आफू आवद्ध क्लब गोकलम केरेला फुटबल क्लबले केरला युनाइटेड फुटबल क्लबलाई ११–० पराजित गरेको हो।

पहिलो हाफमा चार गोल गरेकी सावित्राले दोस्रो हाफमा थप एक गोल गरेकी हुन्। पहिलो खेलमा सावित्राले २७ मिनेटमा हयाट्रिक पूरा गरेकी  थिइन्। साथै सावित्रा प्लेयर अफ दि म्याच पनि चुनिएकी छन्।

प्रकाशित: २५ श्रावण २०७९ १३:४४ बुधबार

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी