खेल

हरेराम स्मृति टेबलटेनिस प्रतियोगिता साउन २७ गतेदेखि सुरु हुने

फाइलतस्बिर

हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १६औँ हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिता यसै महिना हुने भएको छ।

यही साउन २७ गतेदेखि सुरु हुने उक्त प्रतियोगितामा दुई सय ९० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने प्रतिष्ठानका महासचिव राजेन्द्र कपालीले जानकारी दिएका छन्।

प्रतियोगितामा पुरुष/महिला खुला सिङ्गल्स, विभिन्न उमेरसमूह र भेट्रानमा गरी १० प्रतिस्पर्धामा खेल हुनेछ। भदौ ७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु पुल्चोकस्थित गड स्पिन टेबलटेनिस एकेडेमीको हलमा हुनेछ। रासस

प्रकाशित: २० श्रावण २०७९ १४:०० शुक्रबार

हरेराम जोशी स्मृति प्रतिष्ठान १६औँ हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिता