खेल

बंगलादेशविरुद्ध नेपालले फर्कायो बराबरी गोल

साफ यु–२० च्याम्पियनसिप अन्तरगतको खेलमा नेपालले बंगलादेशविरुद्ध बराबरी गोल फर्काएको छ। मध्यान्तरपछिको खेलमा दुवै देशले छोटो अन्तरालमा १–१ गोल गरेका हुन्।

खेलमा दुई देशका खेलाडीबीच तनाव भएर एक एक खेलाडीले रेड कार्ड पाएपछि दुवै देश १०–१० जनामा सीमित छन्। 

भारतमा भइरहेको साफ यु-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ। फाइनल पुग्नका लागि नेपालले बंगलादेश विरुद्धको खेल जित्नुपर्नेछ।

प्रकाशित: १७ श्रावण २०७९ १२:२६ मंगलबार