खेल

नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदुद्वारा राजीनामा

राष्ट्रिय क्रिकेट टिमको प्रमूख प्रशिक्षकबाट पुबुदु दासानायकेले राजीनामा दिएका छन्। आज (बुधबार) पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।

उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए। राजीनामापत्रमा उनले व्यक्तिगत कारण भनेका छन्।

यसअघि पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए। बुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण संहालेका थिए।

प्रकाशित: ४ श्रावण २०७९ ०९:४३ बुधबार

राष्ट्रिय क्रिकेट टिमको प्रमूख प्रशिक्षकबाट पुबुदु दासानायके