खेल

फुटबललाई चलायमान बनाउन माग

अखिल नेपाल फुटबल खेलाडी संघले फुटबललाई चलायमान बनाउन माग राख्दै बिहीबार अखिल नेपाल फुटबल संघ(एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ। खेलाडी संघले बिहीबार एन्फा कम्प्लेक्समा गएर नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्बाङलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

संघका अध्यक्ष विक्रम लामा, सदस्य विराज महर्जन, विकेश कुथुसहितले एन्फाका अध्यक्ष नेम्बाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। खेलाडी संघले एन्फाको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै फुटबलको पुनर्संचरना गर्न ५ बुँदे मागसहित नेतृत्वलाई ध्यानाकर्षणपत्र बुझाएको हो।

जसमा फुटबल पुनर्संरचनादेखि एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित गर्ने, खेलाडी-प्रशिक्षकबीचको विवादमा छानबिन समितिले दिएको सुझावका आधारमा प्रशिक्षकको विषयमा काम अघि बढाउने माग गरेको छ। खेलाडी संघले नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाको नयाँ नेतृत्व र कार्यसमितिसँग हातेमालो गर्दै सहकार्य गरेर अघि बढ्नेसमेत ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ।

प्रकाशित: ३१ असार २०७९ ०१:३९ शुक्रबार

अखिल नेपाल फुटबल खेलाडी संघ