खेल

‘एएफसी एसियन कप जापानमा हुने सम्भावना झीनो’

जापान फुटबल संघका टेक्निकल निर्देशक यासुहारु सोरिमाचीले चीनमा आयोजना हुने भनिएको एएफसी एसियन कप आगामी वर्ष जापानमा हुने सम्भावना झीनो भएको बताएका छन्।

आयोजनाको सम्बन्धमा दाबेदारी गर्न दुई दिन बाँकी रहेको अवस्थामा निर्देशक यासुहारु सोरिमाचीले जापानले आयोजना गर्ने सक्ने धारण व्यक्त गरेका हुन्। यसअघि दक्षिण कोरियाले आयोजनाका लागि दाबेदारी प्रस्ताव गरेको छ। जुन र जुलाई २०२३ का लागि तय भएको प्रतियोगिता चीनमा बढेको कोरोना महामारीका कारण स्थगित भएको थियो। जहाँ २४ टोलीले प्रतिस्पर्धा गर्दै छन्। जापानले आयोजनाका लागि प्रस्ताव गर्छ कि गर्दैन भन्ने प्रश्नमा निर्देशक यासुहारु सोरिमाचीले झीनो सम्भावना भएको प्रतिक्रिया दिएका छन्।

‘प्रस्तावको मिति छोटो छ, यद्यपि छलफल जारी छ। सम्भवतः हामीले आयोजना गर्ने झीनो सम्भावना छ,’ यासुहारु सोरिमाचीले भने, ‘चीनमा हुने भनिए पनि कोरोनाको कारण देखाउँदै आयोजकले एसियाली फुटबल संघलाई जानकारी गराइसकेको छ। अन्य देशले पनि इच्छा देखाएका छन्। परिस्थिति सहज छैन। नभएको अवस्थामा हामीलाई आयोजनाको जिम्मा पनि हुनेछ।

हामीले सफलतापूर्वक टोकियो ओलम्पिक सम्पन्न गरेका छौं।’ एसियाली फुटबल संघ (एएफसी) ले आयोजनाका लागि दाबेदारी पेस गर्न जुन ३० सम्मको समय दिए पनि जुलाई १५ सम्म थपेको थियो। यसअघि जापानले १९९२ मा प्रतियोगिता आयोजना गरेको थियो। जापानले अहिलेसम्म चार पटक एसियन कपको उपाधि उचालेको छ। अर्को आयोजनाका लागि इच्छा देखाएको दक्षिण कोरियाले १९६० यता अहिलेसम्म आयोजना गरेको छैन।

चीनले कोरोना महामारीको कारण देखाउँदै एएफसी कपको आयोजनाबाट गत मे महिनामा हात झिकेको थियो। सँगै चीनको हान्झावमा तय भएको १९औं एसियन गेम्स पनि स्थगित भएको छ। एसियन गेम्स पनि चीनले कोरोनाको कारण देखाउँदै स्थगित गरेको हो। स्थगित भएका प्रतियोगिताको अझै टुङ्गो लागेको छैन। 

प्रकाशित: ३० असार २०७९ ०२:१३ बिहीबार

एएफसी एसियन कप जापान फुटबल संघ टेक्निकल निर्देशक यासुहारु सोरिमाची