खेल

असार २६ देखि फुटसल र बास्केटबल

फाइल तस्बिर।

प्रथम एसइई कपअन्तर्गत फुटसल र बास्केटबल प्रतियोगिता असार २६ गतेदेखि हुने भएको छ।

प्रिमियर इन्टरनेसनल आइबी इन्टरनेसनल स्कुलको आयोजनामा हुने प्रतियोगितामा दुवै खेलमा बढीमा २४ टोलीलाई मात्र सहभागी गराइने प्रतियोगिता संयोजक राजु श्रेष्ठले जनाएका छन्।

ब्वाइजतर्फ मात्र प्रतिस्पर्धा हुनेछ। बास्केटबल थ्री बाई थ्री स्वरूपमा हुनेछ। गल्र्समा भने दुई सातापछि बास्केटबल प्रतियोगिता आयोजना गर्ने संयोजक श्रेष्ठले जानकारी दिए।

फुटसलमा विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। बास्केटबलमा पहिलोलाई ३५ हजार र दोस्रोलाई २० हजार नगदबाट पुरस्कृत गरिनेछ। दुईदिने प्रतियोगिताका खेल खुमलटारस्थित आयोजकको आफ्नै पूर्वाधारमा हुनेछन्।

प्रकाशित: २२ असार २०७९ ०६:०० बुधबार

प्रथम एसइई कप फुटसल र बास्केटबल प्रतियोगिता