खेल

थ्री बाइ थ्री बास्केटबल बिहीबारदेखि

फाइल तस्बिर।

एसिया प्यासिफिक कलेजको आयोजनामा प्रथम एसिया प्यासिफक एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ। प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ गरी ४० टोलीको सहभागिता रहने एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेले जनाएका छन्।

खेल लिग कम नकआउट आधारमा हुनेछ। प्रिन्सिपल घिमिरेले विद्यार्थीमा अन्तरनिहित सम्पूर्ण क्षमताको सर्वाङ्गीण विकास र प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। पहिलो र दोस्रो हुने टोलीका खेलाडीलाई प्लस २ अध्ययन गर्न चाहेमा ७५ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने आयोजकले जनाएको छ। तीनदिने प्रतियोगिताका खेल धापासीस्थित आयोजककै कोर्टमा खेलाइनेछ।

प्रकाशित: २२ असार २०७९ ०५:५४ बुधबार

बास्केटबल प्रतियोगिता एसिया प्यासिफिक कलेज