खेल

फिटनेस समस्याबारे नाडाल बोलेनन्

स्पेनिस स्टार राफाइल नाडालले आगामी बुधबार विम्बल्डनको सेमिफाइनलमा स्थान बनाउन फिटनेस समस्या हटेको उल्लेख गरेका छन्।

३६ वर्षे नाडालले सोमबार अल इङ्ल्यान्ड क्लबमा बोटिच भान डे जान्डस्कुल्पविरुद्ध पेटमा पट्टी बाँधेर अन्तिम १६ को खेलमा संघर्ष गरेका थिए। गत महिना मात्र उनले बायाँ खुट्टाको उपचारपश्चात् १४ औं पटक फ्रेन्च ओपनको सफलता पाएका थिए।

यद्यपि, अहिले नाडालले आगामी खेलका लागि शारीरिक चुनौती हो या होइन भन्नेबारे बोल्न अस्वीकार गरे। ‘मेरो शरीरका बारेमा कुरा गर्दागर्दै म थकित भैसकें। त्यसैले अहिले यसबारे धेरै बोल्न चाहदिनँ,’ नाडालले भने, ‘सबै विपक्षीप्रति उत्तिकै सम्मान गर्नेछु। तत्कालको अवस्था भन्नुपर्दा म स्वस्थ नै छु। जे प्राप्त गर्ने लक्ष्यमा छु, त्यसका लागि लड्नेछु।’

‘मेरो शरीरका बारेमा कुरा गर्दागर्दै म थकित भैसकें। त्यसैले अहिले यसबारे धेरै बोल्न चाहन्न।’

पहिलो दुई खेलमा चार सेट खेलेपछि भने उनले राम्रो प्रभाव बनाएका छन्। लोरेन्जो सोनेगो रभान डेविरुद्ध भने उनले उत्कृष्ट प्रदर्शन गर्दै आठौं पटक विम्बल्डन क्वार्टरफाइनलमा स्थान बनाए। बुधबार पनि उनी आठौं पटक यस प्रतियोगिताको सेमिफाइनलमा पुग्ने लक्ष्यमा छन्। त्यसका लागि उनले आगामी चरणमा लयमा रहेका अमेरिकी स्टार टेलर फ्रिजलाई पार लगाउनुपर्नेछ।

अमेरिकन टेलर पहिलो पटक कुनै पनि ग्रान्ड स्लामको अन्तिम आठमा पुगेका हुन्। यस क्रममा उनले एक सेट पनि गुमाएका छैनन्। २४ वर्षे टेलरले यसै वर्षको सुरुआतमा इन्डियन वेल्स मास्टर्स फाइनलमा नाडाललाई स्तब्ध बनाएका थिए। त्यो खेलमा नाडालको ढाडमा समस्या भएको थियो। त्यो हारसँगै नाडालको लगातार २० जितको अभियानमा पूर्णविराम लाग्यो र उनी करिब ६ हप्ता मैदानबाहिर रहे।

यता, टेलरकी आमा पनि टेनिसको खेलाडी हुन्। उनकी आमाले सन् १९७७ को विम्बल्डन खेलेकी थिइन्। ‘मसँग अट्याकभन्दा दोस्रो अवसर नै हुँदैन। जोसँगै खेले पनि प्रतिद्वन्द्वलाई हराउनु मेरो लक्ष्य हो,’ टेलर भने, ‘मेरो मस्तिष्कमा राफाजस्तो खेलाडीसँग सुरक्षित तरिकाले खेल्ने कि भन्ने आउन पनि सक्छ? आक्रामक भएर खेल्नु सहज निर्णय हुन सक्छ।’

अर्को क्वार्टरफाइनलमा विवाद परिरहने अस्ट्रेलियन निक किर्गियोस र चिलीका क्रिस्टिन गारिनबीच प्रतिस्पर्धा हुनेछ। नाडाल र ६ पटकका विम्बल्डन च्याम्पियन नोभाक जोकोभिच जस्ता खेलाडी प्रतियोगिता खेलिरहँदा पनि विवादका कारण निक नै समाचार हेडलाइन बन्ने गरेका छन्।

निक पहिलोपटक सन् २०१४ को विम्बल्डनका समय चर्चामा आएका थिए। १४४औं वरीयताका निक किर्गियोसले चौथो चरणमा नाडाललाई स्तब्ध बनाउँदै विश्व चर्चा बटुलेका थिए। २७ वर्षे निकले दुई पटक पाँच सेटको प्रतिस्पर्धा खेल्दै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेका हुन्।

यसैबीच तेस्रो चरणको खेलमा खराब आचारण देखाएका कारण पनि उनले जरिवाना सामना गर्नुपरेको थियो। ‘एक पटक फेरि विम्बल्डनको क्वार्टर फाइनल पुगेकाले म यहाँ दर्शकका सामु उपस्थित छु। मलाई थाहा छ, म यहाँ आउँदा पनि धेरै मानिस निराश छन्,’ निकले भने।  

प्रकाशित: २२ असार २०७९ ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App