खेल

ऋत बास्केटबल प्रतियोगितामा ९६ टिम सहभागि

फाइल तस्बिर।

ऋत एकेडेमीको आयोजनामा ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ। प्रतियोगितामा ब्वाइजमा ८० र गल्समा  १६ गरी ९६ टिमको सहभागिता रहने ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जनाएका छन्।

ब्वाइज/गल्समा समान नगद पुरस्कार राखिएको छ। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५ सय नगद पुरस्कार पाउने छन्। त्यसबाहेक ब्वाइज/ गल्स दुवैमा शीर्ष तीन स्थान हात पर्ने प्रत्येक टोलीका खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत लामाले जानकारी दिए।

ऋतमा प्लस २ अध्ययन गर्न इच्छुकलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ। मोस्ट भेलुएबल प्लेयर’ लाई पनि सो बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ। नकआउटका आधारमा हुने दुई दिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजक ऋतको आफ्नै बास्केटबल कोर्टमा हुनेछ।

प्रकाशित: २० असार २०७९ ०८:५८ सोमबार

बास्केटबल