खेल

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन्। सोमबार भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन्।  

नेम्वाङले ४५ मत पाएका थिए भने पराजित भएका शेर्पाले ३९ मत ल्याएका थिए। अध्यक्षमा निर्वाचित नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, दुई महिलासहित १५ सदस्य गरी २१ सदस्यीय कार्यसमितिको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका थिए।

प्रकाशित: ६ असार २०७९ १५:५३ सोमबार