खेल

लगातार तेस्रो पटक पराजित

नेपाली महिला टिम आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा बुधबार लगातार तेस्रो पटक पराजित भएको छ।

भारतले नेपाललाई ३–० ले हरायो। नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको सिंगल्समा प्राची मलिकले प्राज्ना मानन्धरलाई ६–० र ६–२ तथा आहनले शिभाली गुरुङलाई ६–० र ६–० को सोझो सेटमा हराए।

डबल्समा प्राची र अनन्दिता उपाध्यायको जोडीले शिभाली र कर्मिष्ठा नुगाह श्रेष्ठको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा पन्छाए। गर्ल्समा यसअघि नेपाल माल्दिभ्ससँग २–१ तथा श्रीलंकासँग ३–० ले चुकेको थियो। दुई खेल गुमाएको ब्वाइजमा नेपाल श्रीलंका र पाकिस्तानसँग ३–० ले पराजित भयो।

बुधबार ब्वाइजमा नेपालको खेल थिएन। गर्ल्सको अन्य प्रतिस्पर्धामा माल्दिभ्सले बंगलादेश तथा श्रीलंकाले भुटानलाई समान ३–० को नतिजामा पन्छाए। ब्वाइजमा पाकिस्तानले श्रीलंका, भारतले माल्दिभ्स तथा बंगलादेशले भुटानमाथि समान ३–० को जित निकाले।

प्रकाशित: २ असार २०७९ ०३:०६ बिहीबार

लगातार तेस्रो पटक पराजित नेपाली महिला टिम आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता