खेल

विराटनगरमा पौडी प्रतियोगिता सम्पन्न

ओलम्पिक दिवसका अवसरमा शनिबार विराटनगरमा पौडी प्रतियोगिता आयोजना गरिएको छ।  

मोरङ पौडी संघले एभरेष्ट कलेजको स्वीमिङ पुलमा खुला पौडी प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताअन्तर्गत पुरुषतर्फ २ सय मिटरमा प्रथम आरेक बस्नेत प्रथम, अञ्जन मल्लिक द्वितीय र सार्थक श्रेष्ठ तृतीय भए।  

त्यस्तै, पुरुषतर्फ १ सय मिटरमा आयुष लामा प्रथम, सुरेश राजवंशी द्वितीय र अनुज गुरु तृतीय भए। ५० मिटरमा आयुष लामा प्रथम, कृतिक कार्की द्वितीय र शुभाञ्जल प्रसाईं तृतीय भए। २५ मिटरमा अभियान बुढोथोकी प्रथम, क्षीतिज चौधरी द्वितीय र हितेश राय तृतीय भए।  

त्यसैगरी, महिलातर्फ ५० मिटरमा युडेन लामा प्रथम, सिरिय प्रसाईं र दीया सिग्देल तृतीय भइन्। प्रतियोगिताको उदयमान खेलाडी जिपशन लामा भए। प्रतियोगितामा महिला र पुरुष गरी ५० जना खेलाडीको सहभागिता रहेको प्रशिक्षक इन्द्रजित राजभण्डारीले जानकारी दिए।

विजेता तथा उपविजेता खेलाडीलाई मेडल तथा प्रमाणपत्र नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, विराट गोल्डकप ट्रष्टका अनुज बानियाँलगायतले पुरस्कार वितरण गरे।

प्रकाशित: २८ जेष्ठ २०७९ १३:४० शनिबार