खेल

संस्कृति कप बास्केटबलमा आयोजकको जित

आयोजक संस्कृति इन्टरनेसनल स्कुलले बिहीबार संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्समा जित निकालेको छ।

विद्यालय तहदेखि नै बास्केटबलतर्फ आकर्षण होस् भन्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको स्वयम्भूस्थित घरेलु कोर्टमा संस्कृतिले एपेक्स लाइफलाई १७–२ ले पराजित गर्‍यो। संस्कृतिकी प्रत्युशा तुलाचनले ६ अंक जोडिन्।

गल्समै काठमाडौं वर्ल्ड स्कुलले केभिकेएसएसलाई १२–२ तथा काष्ठमण्डपले मातृभूमिलाई १७–२ ले हराए। काठमाडौं वर्ल्ड स्कुलकी सिलोह लामाले ५ तथा काष्ठमण्डपकी राजभी श्रेष्ठले ६ स्कोर गरे। दोहोरो जित निकालेको काठमाडौं वर्ल्डले मातृभूमिलाई २३–१३ ले पन्छायो। विजेताका सफल थपलियाले ९ अंक जोडे।

प्रकाशित: २७ जेष्ठ २०७९ ०३:०६ शुक्रबार

संस्कृति कप बास्केटबल आयोजकको जित