खेल

भ्याली पब्लिक र इडेन ब्रिज विजयी

भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबिए) ले पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन्।

भ्याली पब्लिकले गोल्डेन पिकलाई १६–१४ ले पराजित गर्‍यो। भ्याली पब्लिकको जितमा विशाल परियारले ८ अंक योगदान गरे। निखिल शाहीको ६ अंक सहयोगमा इबिएले स्काइलार्कलाई १४–५ ले हरायो। सिनियर ब्वाइजमा एचएचसिए, गोल्डेन पिक, ग्रिनल्यान्ड र नेपाल मोडेलले सफलता पाए।

एचएचसिएले इबिएलाई ३२–१४ ले पन्छायो। एचएचसिएका विक्रम तामाङले ६ अंक जोडे। गोल्डेन पिकले आयोजक बसुन्धारा नेसनल एकेडेमी (बिएनए) लाई ३६–३१ ले निराश पार्‍यो। गोल्डेन पिकका दिनेश रपालले २२ अंक बनाए। ग्रिनल्यान्डले भ्याली पब्लिकमाथि ३९–३४ को जित दर्ता गर्‍यो।

ग्रिनल्यान्डका निम्ति दिवस भुजेलले ११ अंक बटुले। नेपाल मोडेलले हिमरश्मिलाई २२–१९ ले पाखा लगायो। विजेताका सतीश श्रेष्ठले २० अंक जोडे। सिनियर गल्र्समा आयोजक बिएनएविरुद्धको खेलमा भ्याली पब्लिक २७–२ ले विजयी भयो। भ्याली पब्लिककी लोरिशा गौचनले सर्वाधिक १६ स्कोर गरिन्। दुई खेल वर्षाका कारण स्थगित भए।

प्रकाशित: २६ जेष्ठ २०७९ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App