खेल

कागेश्वरी मनोहरालाई खेलकुद नगर बनाइने

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। १५औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित वक्तृत्वकला तथा सञ्चारकर्मी सम्मान कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रूपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्त्व हुने विचार राखे।

‘कुनै पनि समाज, नगर र देशको विकासमा खेलकुदको भूमिका निक्कै ठूलो रहने गर्छ,’ कार्कीले भने, ‘हामीले पनि खेलकुदको माध्यमबाट सुसंस्कृत कागेश्वरी मनोहरा बनाउने अभियान थालेका छौं।’

मेयर कार्कीले संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँगको सहकार्यमा नगरभर नै खेलकुदका पूर्वाधार बनाएर नगरपालिकालाई खेलकुद नगरका रूपमा स्थापित गर्ने बताए।

प्रकाशित: १६ जेष्ठ २०७९ ०३:१८ सोमबार

कागेश्वरी मनोहरा खेलकुद नगर बनाइने