खेल

एन्फा गोरखाको अध्यक्षमा विशाल गुरुङ निर्वाचित

एन्फा गोरखाको अध्यक्षमा निर्वाचित विशाल गुरुङ।

अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको अध्यक्षमा विशाल गुरुङ चयन भएका छन्। मंगलवार भएको अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो।

पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ र महासचिव विशाल गुरुङ बिच भएको प्रतिस्पर्धामा गुरुङले ६ र श्रेष्ठले ४ मत प्राप्त गरे। मतपत्र खाली भएपछि एक मत बदर भएको थियो।  

यस्तै उपाध्यक्षमा कमल पोखरेल, सन्दिप पन्थी, विकास तामाङ चयन भएका छन्। तीनवटा उपाध्यक्षका लागि चार जना प्रतिस्पर्धामा थिए।

सदस्यहरुमा छितिज गुरुङ,अमित खत्री, सुजन तामाङ, सबिन केसी, रबिन थापा, सिमोन श्रेष्ठ, जीवन गुरुङ अनिल श्रेष्ठ चयन भएका छन्। सदस्यमा १४ जना बिच प्रतिस्पर्धा भएको निर्वाचन अधिकृत स्थानेश्वर दवाडीले बताए। निर्वाचित सदस्यबाट कार्यसमितिलाई पूर्णता दिने एन्फाले जनाएको छ।

यस अघि बैशाख १० गतेका लागि एन्फाले आयोजना गरेको अधिवेशन आन्तरिक बिवादका कारण स्थगित भएको थियो।

प्रकाशित: २१ वैशाख २०७९ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App