राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगितामा हेटौंडाबाट सहभागिता जनाएको दुवै टिम शनिबारको खेलबाट बिदाई भएका छन्। युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा शनिबार पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा हेटौडाको हेटौडा भेट्रान र नागसोती भेट्रान दुवै टोली काठमाडौंको टोलीसँग पराजित हुन पुग्यो।
हेटौडा भेट्रान काठमाडौंको फ्रिडम फाईटरसँग ३–० गोलले पराजित हुदाँ नागसोती भेट्रान हेटौडा काठमाडौंको जोरपाटीसँग २–१ गोलले पराजित हुन पुग्यो। फ्रिडम फाईटरका लागि राजकुमार घिसिङले दुई र विक्रम श्रेष्ठले एक गोल गरे। घिसिङले १६ र ५१ औं मिनेटमा गोल गर्दै प्लेयर अफ दि म्याच घोािष्त हुदाँ श्रेष्ठले ४१ औं मिनेटमा गोल गरेका थिए।
जोरपाटीले नागसोती भेट्रान हेटौडालाई पराजित गर्ने क्रममा रन्जित लामा र निमा लामाको एक एक गोल रह्यो। रन्जितले २६ औं मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई निमाले ३० औं मिनेटमा गोल थप्दै जित पक्का बनाए।
पोखराको संगम बीले वोलुङ ठमेल एफसीलाई ३–०ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्यो। २४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नरेन्द्रजंग गुरुङले अग्रता दिलाए। उनले नेै व्यक्तिगत दोस्रो गोल ४१ औं मिनेटमा गर्दै अग्रता दोब्बर बनाउँदा महेन्द्र गुरुङको ४८ आंैं मिनेटमा गरेको गोलसँगै फराकिलो अन्तरसँगै जित आत्मसात गर्यो। नरेन्द्र खेलमा प्लेयर अफ दि म्याचबाट पुरस्कृत भए।
चितवन भेट्रानले ठमेल एफसीलाई २–०ले पराजित गर्दै क्र्वाटरफाईलन प्रवेश गर्यो। भरत गुरुङले ३४ औं मिनेट र सुरेन्द्र चौधरीले ४७ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित बनाए। केशवकुमार कार्की प्लेयर अफ दि म्याच घोषित भए। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापाको दुई गोलको मद्धतमा सानो गौचरनले पोखराको लेकसाईड भेट्रानलाई ३–०ले पराजित गर्यो। सागर थापाले ३७ र ४७ औं मिनेटमा गोल गर्दा प्लेयर अफ दि म्याच शुक्र तामाङले ५१ औं मिनेटमा गोल गरेका थिए। किङकम भेट्रान टिमको अनुपस्थिति भएपछि मनाङ मस्र्याङ्दी क्लबले वाकओभर प्राप्त गरेको छ।
प्रकाशित: ३ वैशाख २०७९ ११:५२ शनिबार