खेल

द हिमालयन क्रिकेटलाई उपाधि

द हिमालयन क्रिकेट क्लबले कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल–२०२२ द हन्ड्रेड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

अस्ट्रेलियाको मेलबर्नमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा एक्सपर्ट सगरमाथा ब्लुजमाथि १ सय ७ रनको फराकिलो अन्तरको जित निकाल्दै द हिमालयनले उपाधि जितेको हो। २ सय ३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ब्लुजले ९५ रन मात्र बनाउन सक्यो। सगरमाथा ब्लुजका सुमित चौधरीले ३९ रन र पारस लामिछानेले ३४ रन बनाए। द हिमालयनका बलर उदय देवकोटा एक्लैले चार विकेट हात पारे।

केशव पन्तले १४ रन खर्चेर तीन विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको द हिमालयन क्लबले निर्धारित १ सय बलमा पाँच विकेट गुमाउँदै २ सय २ रन बनायो। द हिमालयनका रमनित सिंहले सर्वाधिक ९५ रनको आक्रामक इनिङ खेले। केशव पन्तले ६० रन बनाए। एक्सपर्ट सगरमाथाका बलर हम्जा अलीले २ विकेट तथा हरभिन्दर सिंहले १ विकेट लिए। फाइनल खेलको प्लेयर अफ दी म्याच अलराउन्डर योगदान दिएका केशव पन्त घोषित भए। उपाधिसहित द हिमालयन क्लबले तीन हजार डलर र ट्रफी प्राप्त गर्‍यो।

उपविजेता एक्सपर्ट सगरमाथाले एक हजार डलर र कप पायो। आइतबारै सम्पन्न सेमिफाइनलमा द हिमालयनले फारवेस्ट हन्टर्सलाई तथा एक्स्पर्ट सगरमाथाले गुल्मी टाइगर्सलाई स्तब्ध बनाउँदै उपाधि यात्रा तय गरेका थिए। द हिमालयन क्लबले आयोजना गरेको कार्निभलमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १४ चैत्र २०७८ ०१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App