खेल

बुद्ध एकेडेमी विजयी

गोकर्णेश्वर नगरस्तरीय छात्र बास्केटबल प्रतियोगितामा बुद्ध एकेडेमी च्याम्पियन भएको छ।

गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा गोरक्ष स्पोर्टिङ क्लबको संयोजनमा सम्पन्न प्रतियोगिताको फाइनलमा इस्ट पोलमाथि फराकिलो जित निकाल्दै बुद्ध एकेडेमी च्याम्पियन भएको हो। गोकर्णेश्वर नगरपालिका–५ स्थित त्रिकोण पब्लिक स्कुलमा भएको फाइनलमा बुद्ध एकेडेमीले इस्ट पोललाई ८१–१३ को फराकिलो अन्तरले पराजित गर्यो। न्यु बुद्ध प्रकाश सेकेन्डरी स्कुल तेस्रो स्थानमा रह्यो।

बुद्ध एकेडमीका विशाल लामा मोस्ट भेलुएबल प्लेयर घोषित भए। प्रतियोगितामा बुद्ध एकेडमीकै जोन पाख्रिन प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता भए। अनुशासित टोलीको उपाधि पनि त्रिकोण पब्लिक स्कुलले प्राप्त गर्यो। विजेतालाई गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रकाशित: ३० फाल्गुन २०७८ ०५:०० सोमबार

बुद्ध एकेडेमी विजयी गोकर्णेश्वर नगरस्तरीय छात्र बास्केटबल प्रतियोगिता