खेल

विद्यापीठलाई क्रिकेट उपाधि

सातौं नेपाल–पाकिस्तान ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आरएस विद्यापीठ क्रिकेट क्लबले जितेको छ। फाइनलमा नेक्सस आरएस विद्यापीठ क्रिकेट क्लबले नेक्सस क्रिकेट क्लबलाई हरायो। 

विजेता आरएस विद्यापीठले नगद ५० हजार र नेक्ससले नगद २५ हजार रुपैयाँ प्राप्त गर्‍यो। नौ दिनसम्म सञ्चालित प्रतियागितामा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताको पुरस्कार वितरण समारोहमा नेपालका लागि बंगलादेशी राजदूत सलाउदिन नोमान चौधरी, नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरूनाथिलका र नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशन सिंह उपस्थित थिए।

नेपालका लागि पाकिस्तानका राजदूत सेयद हैदर साहले नेपाली युवा पुस्तामा यस प्रतियोगिताले विगतभन्दा चर्चा बटुल्दै गएको बताए। यो प्रतियोगिताले नेपाल–पाकिस्तान बीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको उनको विश्वास छ।

प्रकाशित: २८ फाल्गुन २०७८ ०१:३८ शनिबार

सातौं नेपाल–पाकिस्तान ट्वान्टी–२० क्रिकेट प्रतियोगिता नेपाल–पाकिस्तान बीचको सम्बन्ध