खेल

चैतको पहिलो साता विराटनगरमा हक्की प्रतियोगिता

शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता विराटनगर हुँदैछ। विराटनगरस्थित सहिद रंगशालामा चैत ८ देखि १२ गतेसम्म हक्कीको राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगितका संयोजक रञ्जन थापाले जानकारी दिए।

उनका अनुसार कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिएका कारण प्रतियोगितालाई निरन्तरता दिन नसकिएको संयोजक थापाले बताए। प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ।

प्रतियोगिताको तयारी थालिसकेको थापाले जानकारी दिए। प्रगियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्। ०७५ सालमा झापामा भएको पहिलो संस्करण गण्डकी प्रदेशले जितेको थियो भने ०७६ मा विराटनगरमा सम्पन्न दोस्रो संस्करणमा प्रदेश ५ (लुम्बिनी प्रदेश)ले गण्डकीलाई टाइब्रेकरमा ५–३ गालेमा पराजित गरेको थियो। 

प्रकाशित: २३ फाल्गुन २०७८ १०:०० सोमबार