खेल

अर्किड कपको तयारी पूरा

 छैटौं अर्किड कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।

अर्किड स्कुलको आयोजनामा फागुन १३ गतेदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको अर्किडका प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। सेभेन ‘ए’ साइडमा हुने प्रतियोगितामा ३२ छात्र टोलीको सहभागिता रहनेछन्। 

शीर्ष चारमा रहने टोलीले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन्। प्रिन्सिपल कार्कीले संस्थागत विद्यालयबीच भाइचाराको सम्बन्ध अभिवृद्धि गर्दै लैजानुका साथै विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिताको थालनी गरेको बताए।

अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले कोरोना भाइरसका कारण अधिकांश समय मोबाइलमा व्यस्त रहने विद्यार्थीलाई चलायमान बनाउन र उनीहरूको मनोबल बढाउन प्रतियोगिता महŒवपूर्ण साबित हुने विश्वास व्यक्त गरे। प्रतियोगिताका खेलहरू काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुनेछ। फाइनल फागुन २० गते हुनेछ। पाँचौं संस्करणको उपाधि केभिएसले जितेको थियो।

प्रकाशित: १० फाल्गुन २०७८ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App