खेल

पुष्पलाल स्मृति ब्याडमिन्टन उपाधि अनुमाया र प्रिन्सलाई

नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले ११औं पुष्पलाल स्मृति  र्‍याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन्।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ बरियताबीच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्डहर्टका आधारमा जित हात पार्दै उपाधी उचालेकी हुन्।

पहिलो सेटमा २१–१९ ले पछाडि परेकी रशिला दोश्रो सेटमा १०–४ को अवस्थामा खुट्टामा चोट बोक्न पुगेकी थिईन्। अनुमायाले नगद ५० हजार र उपबिजयी रशिलाले नगद २८ हजार प्राप्त गरिन्।  

महिला एकल तर्फ तृतीय स्थान प्राप्त गर्ने खेलाडी नङ्गशल देवी तामाङ्ग र अमिता गिरीले नगद १२ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे। यसका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे।

प्रतियोगिताको पुरुष एकल ९उच्च १६ औं बरियता प्राप्त० मा बिश्व वरियतामा जुनियर तर्फ नम्बर १ रहेका  प्रिन्सले सेनाका नविन श्रेष्ठलाई २१–१०, १८–२१, २१–१८ ले पराजित गर्दै उपाधी रक्षा गरेका हुन्। प्रिन्स अघिल्लो १० औं संस्करणका बिजेता समेत हुन्।  

बिजेता प्रिन्सले नगद ५० हजार प्राप्त गर्दा उपबिजेता नविनले नगद ३० हजार प्राप्त गरे । तृतीय स्थान हात पार्ने दिपेश धामीले नगद १४ हजार र प्रफुल महर्जनले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। प्रफुलले लिगमा एक खेल हारेका कारण १ हजार ५ सय कम प्राप्त गरेका हुन्।

महिला युगल तर्फको खेलमा सेनाका रशिला महर्जन र अमिता गिरीको जोडीले नम्बर एक भोजपुरकी नङ्गशल देवी तामाङ्ग र सेनाकी अनुमाराईलाई २१–१४, २८–२६ ले पराजित गर्दै उपाधी कब्जा गरे।  

यस्तै, पुरुष युगल तर्फ एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले जित हात पारे । उक्त जोडीले नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीलाई २३–२१, २१–१६ ले पराजित गर्दै उपाधी उचालेका हुन्।

प्रकाशित: ९ फाल्गुन २०७८ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App