खेल

दर्नाललाई तेक्वान्दोमा स्वर्ण

नेपालका प्रेमकुमार दर्नालले सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।

अमेरिकाको ओङ तेक्वान्दो एकेडेमीद्वारा आयोजित च्याम्पियनसिपमा प्रेमकुमारले स्वर्ण जित्दा नेपालका सञ्जीव नेपालीरसन्दीपा अमगाईंले रजत पदक जितेका हुन्। ५०–६० वर्ष उमेरसमूहमा प्रेमले कुल ६.७१७ अंक प्राप्त गर्दै स्वर्ण जिते। स्विट्जरल्यान्डका डे फ्रेइटा फ्रान्कोइले ६.६६७ अंक बटुल्दा दोस्रो स्थानमा सीमित भए।

नेपालकै सञ्जीव नेपालीरसन्दीपा अमगाईंले पनि रजत पदक जिते। सञ्जीवले ३०–४० वर्षरसन्दीपाले १८ देखि ३० वर्ष उमेर समूहमा सफलता पाएका हुन्। सञ्जीवले ६.८०० अंक ल्याउँदा दोस्रो स्थानमा रहे। यस समूहमा मकाउका याङ मिङ तेक्वान्दो डोजाङका काइ ल्योङ इपले स्वर्ण जिते। उनले ६.८६७ अंक बटुलेका थिए।

त्यसै गरी १८–३० वर्ष उमेरसमूहमा सन्दीपाले ५.७६७ अंक जोड्दा रजत पदकमा खुम्चिइन्। उनी पनि मकाउकै याङ मिङ तेक्वान्दो डोजाङकी कावामासँग पछि परिन्। कावामाले ६.५३३ अंक जोड्दै स्वर्ण पदक जितिन्। प्रतियोगितामा नेपाललगायत अमेरिका, फिलिपिन्स, स्विट्जरल्यान्ड, मकाउ, स्लोभेनियालगायतका राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २० माघ २०७८ ०५:०० बिहीबार

नेपालका प्रेमकुमार दर्नाल न्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण