खेल

आइटिएफ मोरङको अध्यक्षमा भुजेल

आइटिएफ तेक्वान्दो संघ मोरङको अध्यक्षमा युवराज भुजेल निर्विरोध निर्वाचित भएका छन्।

मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा भएको पाँचौं जिल्ला अधिवेशनबाट भुजेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। समितिको उपाध्यक्षमा सन्तोषकुमार श्रेष्ठ, सचिव राजकुमारी तामाङ, सहसचिव स्वीकार बस्नेत र कोषाध्यक्ष मन्दीप रायामाझी चयन भएका छन्। हरी न्यौपाने, सार्थक पोखरेल, केरिसा आचार्य, इन्दिरा थापा, मिलन राई र प्रेम चौधरी सदस्यमा चयन भएका हुन्।  

कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का अध्यक्ष प्रवीणकुमार कार्की, मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजनकुमार पोखरेललगायतले शुभकामना दिँदै खेलकुद क्षेत्रको विकासमा राज्यले पहिलो प्रथामिकतामा राखेर बजेट विनियोजन गरे मात्र यस क्षेत्रको विकास हुने बताए।

प्रकाशित: ९ माघ २०७८ १३:०२ आइतबार