खेल

‘बि’ डिभिजनः मुनालको सुरुवाती विजयी यात्रा

मुनाल मनोरञ्जन तथा गोपीनाथ पुस्ताकालयले जिल्ला स्तरीय ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ।

आइतबार विराटनगरमा भएको प्रतियोगिताको उद्घाटन खेलमा मुनालले त्रिवेणी वाचनालयलाई १–० गोल अन्तरमा हराउँदै विजयी यात्रा थालेको छ। मुनालको जितसँगै ३ अंक बटुलेको छ।  

प्रतिष्पर्धात्मक रहेको खेलमा त्रिवेणीले पाएको गोलका केही राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु पर्‍यो। खेलको ३५ औं मिनेटमा आशिष राईले गरेको गोल नै निर्णायक बन्यो। खेलको म्यान अफ द म्याच मुनालका आशिष राई भए।  

जिल्लाका ६ वटा ‘बि’ डिभिजन क्लबको सहभागिता रहेको छ। प्रतियोगितामा मुनाल मनोरञ्जन तथा गोपीनाथ पुस्ताकालय, त्रिवेणी वाचनालय, रानी युवा क्लब, चारतारे स्पोर्टिङ क्लब, एम्ब्रियो फुटबल क्लब र रमाइलो फुटबल क्लबको सहभागिता रहेको छ। मंगलबार मुनाल र रानी युवा क्लबबीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित: २ माघ २०७८ १३:४७ आइतबार