खेल

नकआउट फुटबलमा रोयल नेपालगन्ज बन्यो च्याम्पियन

बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा रोयल नेपालगन्ज च्याम्पियन बनेको छ। नेपालगन्ज रंगशालामा मंगलबार सम्पन्न भएको फाइनल खेलमा रोयलले नेपालगन्ज स्र्पोटिङ क्लबलाई २–० ले पराजित गरेर च्याम्पियन बनेको हो। रोयलका तर्फबाट दुबै गोल संजय थापाले गरेका हुन्। खेलको ७ औं मिनेटमा उनले पहिलो गोल गरेका थिए, भने दोस्रो गोल इन्जुरी समयमा ८३औं मिनेटमा गरे।  

च्याम्पियन बनेको रोयल बाँके जिल्ला लिग फुटबलका लागि छनोट भएको छ। माघ महिनामा हुने लिग फुटबलमा बाँकेका १२ क्लबले प्रतिस्पर्धा गर्नेछन्।  

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई मंगलबार एक समारोहका बीच प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष दिर्घबहादुर केसी कुमार, एन्फा सदस्य प्रदेश सिंह राठौंर, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष तथा बर्दिया जिल्ला फुटबल संघका अध्यक्ष अजितराज भण्डार, लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष सुर्यमणी अधिकारी, एन्फाका पुर्व उपाध्यक्ष गोर्वधनसिंह सम्झना लगायतले पुरस्कृत गरेका थिए।  

बाँके जिल्ला फुटबल संघको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो। यही पुस २४ देखि सुरु भएको प्रतियोगितामा बाँकेका पाँच क्लबले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २७ पुस २०७८ १४:१८ मंगलबार

फुटबल