खेल

टाईगर कपः पुलिससँग गण्डकी प्रदेश पराजित

नेपाल पुलिस क्लब दोस्रो जितसँगै टाईगर कप क्लब च्याम्पियनसिपको उपाधि निकट पुग्दा शसस्त्र प्रहरी बल दोस्रो हारसँगै दोस्रो टाईगर कप क्लब च्याम्पियनसिपको उपाधिबाट लगभग बाहिरिएको छ। विभागीय डर्बी प्रतिस्पर्धामा त्रिभुवन आर्मीसँग शसस्त्र प्रहरी बल ३–१ को सेटमा पराजित हुदैं उपाधि होडबाट लगभग बाहिरिएको छ।  

हेल्प नेपाल स्पोर्टस क्लबलाई पराजित गरेको नेपाल पुलिस क्लबले डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई सोझो सेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ। गण्डकीले पहिलो सेटमा अग्रता जोगाउन नसक्दा पुलिसलाई सुम्पिन पुग्यो। २०–१८ को स्थितिमा रहेको गण्डकीले अन्तत २२–२५ ले पुलिसलाई सुम्पिएपछि दबावमा पर्यो।  

दोस्रो र तेस्रो सेट भने पुलिसले २५–१८ र २५–२० को सेटमा लिदैं सोझो सेटको जित निकाल्दै शीर्षस्थानमा उक्लियो। विभागीय डर्बी प्रतिस्पर्धामा नेपाल आर्मीले शसस्त्र प्रहरी बललाई पराजित गरेको छ। २५–१६, २२–२५, २५–१५, २५–२१ को सेटमा आर्मीले शसस्त्र प्रहरी बलको चुनौतिलाई पन्छायो।

प्रकाशित: २७ पुस २०७८ ०८:१२ मंगलबार

टाईगर कप क्लब च्याम्पियनसिप